बिहीबार, वैशाख ६, २०८१

अमेरिकामा एक युवककाे प्रहरीकाे गाेली लागि मृत्यु भएपछि देशभर हंगामा

नेपालखोज २०७७ चैत ३१ गते १०:५२


एजेन्सी । अमेरिकामा एक अश्वेत प्रहरीकाे गाेली लागि २० वर्षका डन्टे राइटकाे मृत्यु भएपछि त्यसकाे विरद्धमा प्रदर्शान भएकाे छ । डन्टे राइटकाे मृत्युले अमेरिकामा हंगामा मच्चिएकाे थियाे । अमेरिकी प्रहरी प्रमुख टिम ग्याननले ‘टेजर गन’ प्रयोग गर्न लागेका बेला गल्तीपूर्वक वास्तविक बन्दुक हातमा परेको र दुर्घटना भएकाे हुँदा क्षमा मागेका छन् ।

बन्दुक हान्ने प्रहरी अधिकारीको नाम किम पोटर बताइएको छ, उनले ब्रुकलिन सेन्टर प्रहरीमा २६ वर्ष काम गरेकी छिन् । राइटको मृत्युपश्चात् विरोध प्रदर्शन चर्किएको छ , साथै करफ्यूको पनि घोषणा भएको छ । सोमबार अबेर राती, प्रदर्शनकारी कर्फ्यूको अवज्ञा गर्दे दोस्रोपटक ब्रुकलिन सेन्टर प्रहरी हेडक्वार्टसमा भेला भए । प्रत्यक्षदर्शीका अनुसार प्रहरीले फ्याँकेको टियर ग्यास र बेहोस पारिदिने ग्रेनेडको जवाफमा प्रदर्शनकारीले आगोका गोला र बोतल फ्याँकेका थिए ।

डन्टे राइटलाई आइतबार ट्राफिक नियम मिचेको आरोपमा पक्राउ गरिएको थियो । उनी आफ्नो कारमा बस्न लागेका बेला संघर्ष भएको थियो ।सोमबार  बिहान  आयोजित एक पत्रकार सम्मेलनमा प्रहरी प्रमुख ग्याननले एउटा भिडियो सार्वजनिक गरे । उक्त भिडियो महिला प्रहरी अधिकारीले लगाएको बडी क्यामराको थियो ।

त्यसपछि ती महिला अधिकारीले ‘टेजर, टेजर, टेजर’ भनेको सुन्न सकिन्छ । टेजर गन कसैलाई विद्युतीय झट्का प्रदान गर्नका लागि दिइन्छ । त्यसपछि राइटलाई आफ्नो कार भित्र प्रवेश गरेको देख्न सकिन्छ । त्यस लगत्तै ती महिला अधिकारीले भन्छिन्, ‘मैले भर्खरै उनलाई गोली हाने ।’ गम्भीर रुपमा घाइते राइटको गाडी केही पर दुर्घटना भयो ।

‘मलाई के लाग्छ भने ती अधिकारीले टेजर हान्न खोज्दा गल्तीपूर्वक बुलेट लागेको हो,’ प्रमुख ग्याननले भने । ‘पीडा कम गर्नका लागि मैले योभन्दा बढी केही भन्न सक्दिनँ ।’

प्रतिक्रिया