शुक्रबार, वैशाख १४, २०८१

पशुपति एग्रो मार्टमा कुमारी बैंकको क्यूआर भुक्तानी सेवा विस्तार

नेपालखोज २०७७ चैत ३१ गते १२:२६


काठमाडौं । कुमारी बैंक लिमिटेडले तिनकुने, शान्तिनगरस्थित तरकारी तथा फलफूलबजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । कुमारी बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको सभापतित्व तथा पशुपति एग्रो मार्टका अध्यक्षश्री राजु कुमार खत्रीकोे प्रमुख आतिथ्यमा, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत आमन्त्रित अतिथिगणको उपस्थितिमा सो क्यू आर स्ट्याण्ड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।


कुमारी बैंक लिमिटेडले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एप मार्फत क्यु आर भुक्तानीगर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दे आईरहेको छ । “यस क्यु आर प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने, चोरी हुने सम्भावना नरहने, आफ्नो बैंक खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाईदाहरु रहेका छन् । त्यसैगरी, व्यवसायीहरु हरेक दिन िबक्रीग रिएको रकम जम्मा गर्न बैंक धाई राख्नुपर्र्नेेे तथा खुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुनेछन् । उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि लाग्ने छैन ”, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी गराउनु भयो ।


क्यू आर कोड भुक्तानी मर्चेन्टको संख्या र पहुँच दिनानुदिन बढ्दै गईरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त छ । डिजिटल भुक्तानीमा विश्वसनियता बढाउन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्न बैंकले समय समयमा डिजिटल कारोबार सम्बन्धी सचेतना कार्यक्रमहरु समेत गर्दै आइरहेको छ । हालसम्म बैंकले आठ हजार भन्दा बढी व्यापारीहरु फोन पे क्युआर डिजिटल भुक्तानी प्रकृयामा आबद्ध गराईसकेको छ ।


बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६५ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया