शुक्रबार, वैशाख १४, २०८१

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

नेपालखोज २०७७ चैत ३१ गते १२:४०

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ वर्षका अवसरमा भोलि बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने तय भएको छ ।

नयाँ वर्षको शुभकामना, सरकारका कामकारबाही लगायतका विषयमा सम्बोधन गर्ने कुराकाे जानकारी प्रधानमन्त्रीकाे कार्यालयले जनाएकाे छ ।

बैशाख १ गते नै प्रधानमन्त्रीले गतवर्ष पनि देशवासीका नाममा सम्बोधन गरेका थिए । 

प्रतिक्रिया