शनिबार, वैशाख १५, २०८१

बाबुराम र महन्थमध्ये काे प्रधानमन्त्री हुने ?

नेपालखोज २०७७ चैत ३१ गते १३:१३

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले आफ्नै नेतृत्वमा सरकार बनाउने आन्तरिक सममति जुटाएको छ ।जसपाले दुई दिनसम्म राजधानीमा बसेको पदाधिकारी बैठकले यस्ताे सहमति बनाएका हुन् ।

बाबुराम भट्टराई र महन्थ ठाकुरमध्ये काे प्रधानमन्त्री बन्ने भन्नेमा भने सहमति भइसकेकाे छैन ।

जसपाले दुई दिनसम्म चलेको बैठकमा विशेष रुपमा सत्ता समीकरणको विषयलाई हल गर्न आन्तरिक सहमति गरेकाे छ ।

जसपामा देखिएको दुई पक्ष, अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई एवं अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको आ–आफ्नो अडान बैठकमा पनि कायमै रहे पनि, जसपाकै नेतृत्वमा सरकार बनाउने कुरामा भने उनीहरु सहमत भएकाे बताइएकाे छ ।

प्रतिक्रिया