शुक्रबार, वैशाख ७, २०८१

विज्ञापनका क्षेत्रमा देखा परेका विकृति र विसङ्गति हटाइने : लक्ष्मण हुमागाईं

नेपालखोज २०७७ चैत ३१ गते १३:५६


काठमाडाैं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गर्ने बताएका छन् ।
मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा आफ्नो कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाँईले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गरिने बताएका हुन् ।

उनले बोर्डको प्रमुख उद्देश्य विज्ञापन बजारको विस्तार गर्ने, विज्ञापन रहित नीतिको कार्यान्वयन र अवैध रुपमा विज्ञापन भइरहेका क्षेत्रहरुमा नियमन र नियन्त्रण गर्ने रहेको बताए । सरोकारवालाहरु सँग छलफल गर्दै नीति निर्धारण गर्ने र व्यवस्थित रुपमा सञ्चालन गर्ने उनको भनाइ छ । बोर्डले सरकारी विज्ञापनको व्यवस्थापनका साथै महत्वपूर्ण मिडिया क्याम्पियनहरु सञ्चालन गर्ने पनि उनले बताए ।

अध्यक्ष हुमागाईंले लोककल्याणकारी विज्ञापनलाई बोर्डले व्यवस्थित बनाउने बताए। उनले केन्द्र, प्रदेश तथा स्थानीय स्तरको विज्ञापनको काम व्यवस्थित र संवेदनशील भएर सञ्चालन गर्ने पनि बताए ।

प्रतिक्रिया