शुक्रबार, वैशाख ७, २०८१

एक्सेल डेभलपमेन्ट बैंकको सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

नेपालखोज २०७७ चैत ३१ गते १४:०७


काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको ३० प्रतिशतह कप्रदका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।


बैंकले गत असार १४ गते सम्पन्न गरेको आफ्नो १४ औँ वार्षिक साधारण सभाबाट हकप्रद निष्काशनको अजेन्डा अनुमोदन गरेको थियो । बैंकले १० बराबर तीनको अनुपातमा हकप्रद निष्काशनको अजेन्डा पारित गरेको छ । यो हकप्रद एक सय अंकित दरको सेयर पुंजी २४ करोड ३३ लाख ३६ हजार तीन सय ६७ रुपैयाँ ४२ पैसा बराबरको हुुने छ । जसअनुसार बैंकले २४ लाख ३३ हजार तीन सय ६३ दसमलव ६७ कित्ता हकप्रद सेयर जारी गर्ने छ ।


नियुक्ती सम्वन्धी एक्सेल डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया