शुक्रबार, वैशाख १४, २०८१

नेपाली नयाँ वर्षको अवसरमा अस्ट्रेलियाली प्रधानमन्त्रीबाट बधाई सन्देश

नेपालखोज २०७७ चैत ३१ गते १६:३७

काठमाडौं । नयाँ वर्ष विक्रम सम्वत् २०७८ को पुर्वसन्ध्यामा अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले बधाई सन्देश जारी गरेका छन्। प्रधानमन्त्री मोरिसनले अस्ट्रेलिया र विश्वभरि नेपाली नयाँ वर्ष मनाउने सबैलाई हार्दिक अभिवादन भन्दै मङ्गलवार एक सन्देश जारी गरेका छन्।

मोरिसनले आफ्नो बधाई सन्देशमा विक्रम सम्वत् २०७८ को सुरुवात नेपालीहरू‍ले एकसाथ भएर मनाउने पर्व भएको बताउँदै यस अवसरलाई विगतको समीक्षा गर्न र भविष्यका लागि आशाहरू बाँड्ने मौकाको रूपमा उल्लेख गरेका छन्।

बृहत् अस्ट्रेलियाली समुदायका लागि पनि नयाँ वर्ष नेपाली संस्कृतिको गजबका पक्षहरू अनुभव गर्ने मौका रहेको पनि प्रधानमन्त्री मोरिसनको भनाई छ। सन्देशमा उनले भनेका छन्, ‘तपाईँहरूले यो महत्त्वपूर्ण छुट्टी मनाउँदै गर्दा यसले हामी सबैलाई थप समृद्ध बनाउँछ।’

उनले महामारीको अवधीभर अस्ट्रेलियाको बह‍ु-सांस्कृतिक समुदायहरूले नेतृत्व देखाउनुका साथै सहयोग र शक्तिको स्रोतको रूपमा आफूलाई उभ्याएको बताएका छन् । यसपालिको नयाँ वर्ष पनि अरू सामान्य अवस्थाको भन्दा फरक हुने भएता पनि राम्रा दिनहरू आउने मोरिसनको भनाई छ ।

प्रतिक्रिया