शुक्रबार, वैशाख ७, २०८१

कोरोना संक्रमणको जोखिमप्रति गम्भीर बन्न सरकारलाई आग्रह

नेपालखोज २०७७ चैत ३१ गते १७:५१

काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ रोकथाम र उपचारमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्ति जारी गर्दै फेरि कोरोना संक्रमणको जोखिम बढेकाले सरकारलाई गम्भीर बन्न आग्रह गरेको हो ।

समितिका संयोजक एवं कांग्रेस सह–महामन्त्री डा. प्रकाशशरण महतले जारी गरेको विज्ञप्तिमा कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउनबाहेकका अरु विकल्प खोज्न सरकारलाई आग्रह गरिएको छ ।

‘देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन । यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ । साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, समग्रमा कोभिड-१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौँ, भनिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गम्भीर बन्न भन्दै कांग्रेसले आठ बुँदे माग अघि सारेको छ ।

प्रतिक्रिया