शुक्रबार, वैशाख २८, २०८१

नयाँ वर्षको अवसरमा विष्णुमती नदी सफाइ अभियान

नेपालखोज २०७८ वैशाख १ गते १३:१३


काठमाडौं । नयाँ वर्ष २०७८ को अवसर पारेर बुधबारदेखि विष्णुमती नदी सफाइ अभियान सुरु गरिएको छ । बुधबार नयाँ वर्षको पहिलो दिन पारेर विष्णुमती नदी सफाइ अभियान शुरु गरिएको हो ।

विष्णुमति सफाई अभियानको आयोजनामा बुधबार बिहान विष्णुमती नदीको शोभा भगवति क्षेत्रबाट सफाइ अभियान प्रारम्भ गरिएको छ । विष्णुमती नदी उपत्यकाबासीको सभ्यता, धर्म, परम्परा र जीवनपद्धतीसँग जोडिएको भएपनि हाल प्रदुषित अवस्थामा रहेका कारण वातावरण बिग्रँदै गइ मानव स्वास्थ्यलाई समेत असर पर्न थालेकाले विष्णुमति नदी सफाइ अभियान सञ्चालन गर्नुपरेको सांसद जीवनराम श्रेष्ठले बताए ।

विष्णुमती सफाइ हरेक महिनाको अन्तिम शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म गरिने उहाँले जानकारी दिए । आगामी दिनमा अझै बढी समय दिइने पनि उनको भनाइ छ । विष्णुमती सफाइमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, विभिन्न संघसंस्थाहरु र स्थानीयको सहभागिता रहेको रहेको थियो । विष्णुमति सफाइ अभियानलाई थप विस्तार प्रभावकारी बनाउँदै लगिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया