बिहीबार, वैशाख १३, २०८१

दुर्घटनामा अनुसन्धान विभागका दुई कर्मचारीको मृत्यु

नेपालखोज २०७८ वैशाख २ गते १२:५२

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धान विभागका दुई कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वाग्मती प्रदेश कार्यालय हेटाैँडामा सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रकार रहेका छन् ।

सूचक झाको घटनास्थलमा मृत्यु भएको हो भने सहायक सूचक चित्रकारको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पिप्लेको बालगङ्गा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीकाअनुसार पथलैयाबाट निजगढतर्फ ना२७प ६३६ नंको मोटरसाइकलबाट जाने क्रममा गए राति बालगङ्गामा सो दुर्घटना भएको थियो ।

प्रतिक्रिया