मंगलबार, वैशाख ११, २०८१

‘काम गर्न नसक्दा पद छाड्नुपर्नेमा प्रधानमन्त्रीले संविधान मिच्नुभयो’ ( भिडियाेसहित )

नेपालखोज २०७८ वैशाख २ गते १३:४४

उज्ज्वल प्रसाईं (अभियन्ता, नागरिक समाज)
काठमाडौं । विपक्षीले अथवा जसले चाहेको खण्डमा प्रधानमन्त्रीलाई पदबाट निकाल्न सक्ने भएकाले राजनीति अस्थिरता भएको विगतको अनुभवले देखाएको छ । संसद् विघटन गर्न नसकिने व्यवस्था ०७२ संविधानले ल्यायो । प्रधानमन्त्रीले काम गर्न नसकेर संसद्लाई दोष दिएर संविधान नै मिचेर प्रतिनिधिसभा विघटन गर्नुभयो । काम गर्न नसक्दा पद त्याग्नुपर्ने बेला उहाँले प्रतिनिधिसभा विघटन गर्नुभयो ।

नागरिक आन्दोलनले गरेको मुख्य काम प्रतिनिधिसभा पुनःस्थापना हो । तर यो जस हामी मात्र होइन अन्य राजनीतिक दल र संघठनलाई नै जान्छ । पुराना अब सकियो भन्ने मुद्दालाई जगाएका छौं, संविधानको कमी कमजोरीलाई सुधार्नुपर्छ भन्ने सन्देश दिएका छौं । महिलाहरूले मुद्दालाई समाजिक मुद्दा बनाएर उठायौं, सडक विस्तारको संकटमा परेका नागरिकको मुद्दालाई संवादमा ल्याउनुपर्छ भनेर आवाज उठायौं, र राम्रो कुरा हामीले आधुनिक सीप-ज्ञान लिएर हिँडेका युवाहरूसँग संवादमा गयौं । त्यसकारण हामी एउटा राम्रो विन्दुमा आएका छौं ।

थप भिडियोमा हेरौं :

प्रतिक्रिया