बुधबार, वैशाख १२, २०८१

गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पक्का

नेपालखोज २०७८ वैशाख २ गते १६:३५

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध गण्डकी प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेश सांसदहरुले बिहीबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । अविश्वास प्रस्तावमा कांग्रेसका १५ जना, माओवादी केन्द्रका ११ र जसपाका दुईजना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्तावसँगै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

राष्ट्रिय जनमोर्चाले भने प्रस्तावको पक्षमा मतदान गर्ने सम्बन्धमा सहमति जनाइसकेको नेताहरुले बताएका छन् । अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

गण्डकी प्रदेश सरकारले भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अगुवाइमा अविश्वासको प्रस्ताव पेस हुन लागेको जानकारी पाएपछि बुधबार राति १२ बजेदेखि लागु हुने गरी सातौं संसद् अधिवेशन अन्त्य गरेको थियो ।

प्रतिक्रिया