शुक्रबार, वैशाख ७, २०८१

कोरोना अपडेट : ५ जनाको मृत्यु, ५३४ नयाँ संक्रमित थपिए

नेपालखोज २०७८ वैशाख २ गते १७:१५

काठमाडौं । देशभर थप ५ सय ३४ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ८८ जनाको पिसिआर गर्दा ४ सय ९० र ५ सय ६४ जनाको एन्टिजेन परिक्षण गर्दा ४४ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये काठमाडौं जिल्लामा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङ र दाङमा १३/१३, रुपन्देहीमा १६, महोत्तरी र बाग्लुङमा १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधीमा १ सय ५७ जना कोरोनामुक्त भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल सँख्या ३ हजार ६६ पुगेको छ । आज ३ हजार ८ सय ९४ जना होम आइसोलेसनमा र ४९० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

त्यसैगरी क्वारेन्टाइनमा ६८ जना रहेका छन् । कोरोनाबाट गम्भिर विरामी परेका ९१ जनाको आइसियु र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ

प्रतिक्रिया