शुक्रबार, वैशाख ७, २०८१

ऋचा स्मृति क्रिकेटको दोस्रो सिजन नेपालमै हुने

नेपालखोज २०७८ वैशाख ३ गते १२:५९

काठमाडौं । मोरङको विराटनगरमा ऋचा स्मृति टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।

पुर्वान्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको हो ।

यही बैशाख १५ देखि २२ गतेसम्म हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगत एक लाख, प्राप्त गर्दा उप–विजेता टोलीले ५० हजार रुपैयाँ पाउनेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) का पुर्व उपाध्यक्ष नरेश श्रेष्ठ, पूर्व राष्ट्रिय क्रिकेट खेलाडी युनिस श्रेष्ठ र नेपाल पुलिस क्रिकेट टिमका कप्तान मन्जित श्रेष्ठका बहिनी तथा भिक्टोरियन नेप्लिस क्रिकेट संघ अष्ट्रेलियाका अध्यक्ष विवेक श्रेष्ठकी पत्नी रिचा श्रेष्ठको स्मृतिमा क्रिकेट प्रतियोगिता हुन लागिएको हो ।

ऋचाको दुई बर्ष अगाडी अष्ट्रेलियामा निधन भएको थियोे । ऋचा स्मृति टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो सिजन अष्ट्रेलियामा भएको थियो ।

प्रतिक्रिया