बुधबार, असार १८, २०८२

ताप्लेजुङमा असिनाले करोडौ मूल्यको तरकारी बालीमा क्षति

नेपालखोज २०७८ वैशाख ३ गते २३:००

ताप्लेजुङ । ताप्लेजुङमा आज बेलुका परेको वर्षासहितको असिनाले करोडौँ मुल्य बराबरको नगदे बाली नष्ट गरेको छ । असिनाले आलु खेतीमा फुङ्लिङ नगरपालिका–९ बुङ्कुलुङ्गमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ ।

असिनाका कारण यस क्षेत्रका कृषकले लगाएको आलु, जौँ, गहुँ र तरकारी बालीमा सबैभन्दा बढी क्षति पुर्‍याएको स्थानीय कृषकसमेत रहेका प्रधानमन्त्री आधुनिकिकरण कार्यक्रमअन्तर्गत आलु ब्लक क्षेत्रका संयोजक पासाङ् रिता शेर्पाले जानकारी दिए ।

बुङ्कुलुङ्गका ६० घर परिवारले लगाएको आलुसहितको नगदे खेतीमा परेको असिनाले क्षति पु¥याएको हो ।

प्रतिक्रिया