बिहीबार, वैशाख १३, २०८१

आईपीएल : पन्जाबलाई ६ विकेटले पराजित गर्दै चेन्नईको पहिलो जित दर्ता

नेपालखोज २०७८ वैशाख ४ गते ६:४२

मुम्बई । चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । मुम्बईमा शुक्रबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले पहिलो जित दर्ता गरेको हो ।

वान्ग्खडे स्टेडियममा पन्जाबले दिएको १ सय ७ रनको लक्ष्य चेन्नईले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा मोइन अलिले ४६ रनको योगदान दिए । यस्तै फाप डु प्लेसिसले अविजित रहदै ३६ रन बनाए ।

पन्जाबका मोहमद शामीले २ विकेट लिए । आश्रदिप सिंह र मुरुगान आश्विनले १र१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । पन्जाबका लागि शाहरुख खानले सर्वाधिक ४७ रन बनाए । जे रिचार्डसनले १५ रन जोडे ।

यस्तै क्रिस गेल र दिपक होडाले समान १०र१० रन बनाए । चेन्नईका दिपक चाहरले ४ विकेट लिए । जितसँगै चेन्नईले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा चेन्नई दिल्ली क्यापिटलससँग ७ विकेटले पराजित भएको थियो ।

पन्जाबको यो पहिलो हार हो । पहिलो खेलमा पन्जाबले राजस्थान रोयल्सलाई ४ रनले हराएको थियो । पन्जाबले २ खेलमा २ अंक जोडेको छ ।

प्रतिक्रिया