शुक्रबार, चैत १६, २०८०

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार : ८ जनाको हत्या, दर्जनौं व्यक्ति घाइते

नेपालखोज २०७८ वैशाख ४ गते ६:४५

अमेरिका । अमेरिकाको इन्डियानापोलिस शहरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी ८ जनाको हत्या गरेको छन् ।

सो शहरमा रहेको फेडेक्सको कार्यालय बाहिर ती व्यक्तिले सर्वसाधारणमाथि गोली प्रहार गरी हत्या गरेपछि आफैलाई गोली हानेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । गोली प्रहार गर्ने ब्यक्तिको साथबाट स्वचालित मेशिन गनका साथै राइफल बरामद गरेको छ ।

प्रतिक्रिया