बिहीबार, वैशाख १३, २०८१

रहेनन् कवि श्यामदास वैष्णव

नेपालखोज २०७८ वैशाख ४ गते ८:४०

काठमाडौं । नेपाली भाषा साहित्यका महारथी पण्डित कवि श्यामदास वैष्णवको निधन भएको छ । उनको शुक्रबार साँझ करिव ७ बजे ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको परिवारजनले बताएका छन् ।

१९८१ साल साउन ५ गते काठमाडौंमा जन्मिएका वैष्णव लामो समयदेखि बिरामी थिए । नेपाली साहित्यमा उनका थुप्रै कृतिहरु प्रकाशित भएका छन् ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाका प्रिय व्यक्ति रहेका वैष्णवले देवकोटाका धेरै पुस्तकहरु लेखेका थिए । कवि वैष्णव गोरखा दक्षिण बाहु, महेन्द्र प्रज्ञा पुरस्कार, त्रिमूर्ति पुरस्कार, देवकोटा शताब्दी पुरस्कार, भानुभक्त पुरस्कार, मुक्ति पुरस्कार र नइ देरूनीख प्रदीप्ति पुरस्कारबाट सम्मानित भएका थिए ।

वैष्णवका आँसु गीति कविता, कविता सङ्ग्रहहरू उपहार, अन्तर्ध्वनि र पतक मुख्य कृति हुन् भने उनले नाटकक्षेत्रमा पनि कलम चलाएका छन् ।

९७ वर्षीय श्री वैष्णव विगत तीन वर्षदेखि हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका थिए र घरमा नै आराम गर्दै आइरहेका थिए । उनका चार छोरी, तीन छोरा र ९२ वर्षीया श्रीमती छन् । उनको अन्तिम संस्कार आज पशुपति आर्यघाटमा गरिँदैछ ।

प्रतिक्रिया