बुधबार, वैशाख १९, २०८१

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा दाहाल र नेपाल नजाने

नेपालखोज २०७८ वैशाख ४ गते १०:०९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार नेपाल सहभागि नहुने भएका छन् । प्रचण्ड आजको सर्वदलीय बैठकमा सहभागि नहुने उनको सचिवालयले जनाएको छ ।

त्यस्तै एमाले नेता माधवकुमार नेपालले बैठकबारे जानकारी नै नभएको बताएका छन् । ‘सर्वदलीय बैठकबारे कुनै जानकारी नै आएको छैन,’ नेपालको सचिवालयले स्रोतले भन्यो । बैठकबारे जानकारी नै नआएकोले उनी पनि बैठकमा नजाने सम्भावना छ ।

प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठक शनिबार ११ बजे बालुवाटारमा बस्दैछ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार समसायमयिक राजनीतिक घटनाक्रम र कोभिड महामारी नियन्त्रणका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया