शुक्रबार, चैत १६, २०८०

एस्ट्रिक टेक्नोलोजीको वल्ड वार ४ इन्ड गेम्स सार्वजनिक

नेपालखोज २०७८ वैशाख ४ गते ११:४३

काठमाडौं । एस्ट्रिक टेक्नोलोजी, एक नयाँउदयमान गेम डेभलपमेन्ट कम्पनीले वल्र्ड वार ४ इन्ड गेम्स एन्ड्रोइड प्लेटफर्ममा गुगल प्ले स्टोरमार्फत सार्वजनिक गरेको छ ।

वल्र्ड वार ४ इण्ड गेम्स एउटा यस्तो गेम हो जसमा २०३० को समयको परिकल्पना गरिएको छ, जुनबेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ र जहाँ युद्धले मानवता नै हराउने अवस्थामा पुगिसकेको हुन्छ ।

त्यस अवस्थामा विश्वमा केबल ८ शक्तिशाली राष्ट्रको परिकल्पना गरिएको छ जसमा अमेरिका, बेलायत, संयुक्त यूरोप, संयुक्त मिडल इस्ट, चीन, भारत, जापान र रुस छन् । र उनीहरु पनिअझै संयुक्त सरकारको लागि लडिरहेका हुन्छ ।

गेममा खेलाडीले एक विश्वयुद्धमा बाँचेका व्यक्तिको भूमिका निर्वाह गर्नुपर्नेछ जहाँ उसले प्रत्येक ४ घण्टामा एक पटक काम गर्न पाउनेछन्, प्रत्येक २ घण्टामा एक पटक तालिम लिन पाउनेछन् । गेममा व्यापारी, सेना, श्रमिक र राजनीतिज्ञ गरी ४ करियर मोड उपलब्ध छन् । खेलाडीले हरेक सात दिनमा फरक फरक करियर छनौट गर्न पाउनेछन् । खेलाडीले कच्चा पदार्थ तथा विभिन्न वस्तु उत्पादन गर्न, आयात÷निर्यात गर्न, शेयर बजारमा लगानी गर्न, शक्ति तथा हतियार संकलन गर्ने र अन्ततः सम्पूर्ण विश्वमा आफ्नो मुलुकको प्रभुत्व स्थापना गर्न लड्नुपर्नेछ ।

गेमको मुख्य विशेषताहरु
प्रत्येक १०० दिनको एक सिजन
विश्वमा प्रभुत्व कायम गर्न समूह व्यवस्थापन र टिम वर्कको विकास
आर्थिक प्रभुत्वको लागि विभिन्न स्रोतहरुको उचित व्यवस्थापन
वास्तविक बजार तथ्याङ्कमा आधारित स्टक मार्केट

प्रतिक्रिया