बिहीबार, वैशाख ६, २०८१

नेपालको पहिलो मल्टि ब्राण्डेड जुत्ता सोरुम संचालनमा

नेपालखोज २०७८ वैशाख ४ गते ११:५६

काठमाडौं । संघिय राजधानीको मुटु मानिने रत्नपार्क (बागबजार मोड) मा विभिन्न ५ नेपाली जुत्ता चप्पल उत्पादक कम्पनिहरुले एउटै छानामुनि सोरुम संचालनमा ल्याएका छन् । रत्नपार्क चोकबाट बागबजार छिर्ने मुखमा पहिला रातोघरका नामले परिचित स्थानमा नेपालका स्थानमा निर्माण भएको नवनिर्मित कम्प्लेक्सको भुई तल्लामा सोरुम रहेको छ ।

एकै छानामूनि विभिन्न ब्राण्डका नयाँ नयाँ मोडेल तथा डिजाइनका जुत्ता चप्पल एकदमै सस्तो मूल्यमा उपलब्ध हुने कुरा केटिएम सुजका संचालक प्रमोद कुमार महत्तोले बतउनुभयो । उक्त सोरुममा केटिएम सुु भेनस सुज, बोस सुज,बेम्बो सुज तथा हिमानी लेडिज सुज का उत्कृष्ट उत्पादनहरु रहेका छन् । उक्त जुक्ता सोरुममा कम्पनीहरुको आ–आफ्नै फ्याक्ट्री आउटलेट रहेको छ । यहाँ उपलब्ध हुने जुत्ता तथा चप्पलमा कम्पनीले वारेण्टी पनि दिएको छ ।

सिधै आफ्ना उप्पादनहरु उपभोक्ता सामु पुग्ने हुनाले उपभोक्ताहरुको सझाव तथा गुनासोलाई पनि ध्यान दिई सो सुझाव लाई कार्यान्वयन गर्ने कुरा उल्लेख गरिएको छ । स्वदेशमा बनेका नेपाली उत्पादनहरुले आम उपभोक्ताको मन जितिरहेको अवस्थामा अझ थप आकर्षित गर्नको लागि एकै छानामूनि भन्ने नारा लिई उक्त सोरुम संचालनमा आएको हो ।

प्रतिक्रिया