बुधबार, वैशाख १२, २०८१

भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमतिको मृत्यु

नेपालखोज २०७८ वैशाख ४ गते १२:१४

बाँके । जिल्लाको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका–११ नारायणपुर निवासी ३७ वर्षीय सङ्क्रमित महिलाको उपचारका क्रममा भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि चैत्र २६ गते कोहलपुर शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपश्चात् भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दागर्दै आज मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

प्रतिक्रिया