शुक्रबार, वैशाख १४, २०८१

स्वास्थ्य सुरक्षा अपनाउन राष्ट्रपतिको आग्रह

नेपालखोज २०७८ वैशाख ४ गते २१:२२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ महामारी विरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू पालना गर्न सबैलाई आग्रह गरेकी छन् । सामाजिक सन्जाल ट्‍‌विटरमा उनले सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण कोभिड-१९ नियन्त्रणउन्मुख रहेकामा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको भन्दै सुरक्षाका उपाय अपनाउन आग्रह हुन् ।

‘कोभिड-१९ महामारीविरुद्ध नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण यो नियन्त्रणउन्मुख रहेकामा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको हुनाले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाइका साथ पालना गर्न म सबैमा हार्दिक आह्‌वान गर्दछु,’ राष्ट्रपति भण्डारीको ट्‌विटमा छ ।

कोभिड-१९ नियन्त्रणका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) मात्रै सर्वदलीय बैठक बोलाएर छलफल गरेका थिए ।

प्रतिक्रिया