सोमबार, जेठ ७, २०८१

आईपीएल : कोलकातालाई ३८ रनले हराउँदै बेङ्गलोरको लगातार तेस्रो जित

नेपालखोज २०७८ वैशाख ५ गते २०:०७

मुम्बई । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले लगातार तेस्रो जित निकालेको छ । आइतवार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई ३८ रनले हराउँदै बेङ्गलोरले अपराजित यात्रा कायमै राखेको छ ।

चेन्नईमा बेङ्गलोरले दिएको दुई सय पाँच रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा आठ विकेट गुमाएर एक सय ६६ रन मात्रै बनाउन सक्यो । कोलकाताका लागि आन्द्रे रसेलले २० बलमा ३१ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

यसअघि चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले २० ओभरमा चार विकेट गुमाएर दुई सय चार रन बनायो । बेङ्गलोरका लागि एबी डी भिलियर्सले ३४ बलमा अवजित ७६ रन बनाए ।

यस्तै ग्लेन म्याक्सवेलले ७८ रन बनाए । विराट कोहली पाँच रनमा आउट भए । यो जितसँगै बेङ्गलोर ६ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । कोलकाता दुई अङ्कसहित छैटौँ स्थानमा छ ।

प्रतिक्रिया