शुक्रबार, वैशाख २१, २०८१

दर्शनेको सासू बुहारी, हरेक शुक्रबार साँझ ७ बजे

नेपालखोज २०७८ वैशाख ६ गते ८:१४

काठमाडौं। हास्य कलाकार तथा निर्देशक सुरेश थापा ‘दर्शने’ ले आफ्नै निर्देशनमा एउटा नयाँ टेलिश्रृखंला निर्माण गरेका छन् । “सासु बुहारी” शीर्षकको उक्त श्रृंखलाको प्रसारण निर्देशक थापाकै आधिकारिक यूट्युब च्यानल दर्शने प्रोडक्सनबाट प्रारम्भ भएको छ ।

“सासु बुहारी” हरेक शुक्रबार साँझ ७ बजे अपलोड गरिन्छ। पारिवारिक कथामा आधारित उक्त श्रृखंला दर्शने प्रोडक्सनले निर्माण गरेको हो । श्रृंखलामा विद्या कार्की, माधव पण्डित, अनिता दंगाल, शान्ता कार्की, भुवन पोखरेल, विश्व बराल, रीतिका जोशीलगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक थापाकै कथामा आधारित उक्त श्रृंखलालाई राहुल राईले छायांकन गरिरहेका छन् भने एसके थापा यसका सम्पादक हुन् । यसअघि म्युजिक भिडियो तथा हास्य टेलिश्रृखंला मात्र निर्देशन गरेका थापाको यो पहिलो पारिवारिक कथा बस्तुको टेलिश्रृखंला हो।

आफ्नो श्रृंखलाका बारेमा निर्देशक थापाले भनेका छन्-‘दर्शनेको सबैमा दर्शन । पहिलो पटक हास्य विद्याभन्दा फरक पारिवारिक बिषय समेटेर एउटा राम्रो सृजना गर्ने कोशिस गरेको छु। आशा छ तपाईंहरुले मन पराइदिनु हुनेछ।’

प्रतिक्रिया