सोमबार, जेठ ७, २०८१

आईपीएल क्रिकेटमा दिल्लीकाे दोस्रो जित

नेपालखोज २०७८ वैशाख ६ गते ८:२५

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ । आइतबार राती भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।

दिल्लीले १९६ रनको लक्ष्य १८.२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा ग¥यो । त्यसअघि मुम्बईस्थित वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो ।

दोस्रो जितपछि ३ खेलबाट ४ अंक जोडेको दिल्ली मुम्बई इन्डियन्सलाई रनरेटमा पछि पार्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।

दोस्रो हारपछि पञ्जाब ३ खेलबाट २ अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया