मंगलबार, वैशाख २५, २०८१

पुनःस्थापित संसद् अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को‌ निर्णय

नेपालखोज २०७८ वैशाख ६ गते ९:५८

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

संसद बैठकलाई प्रतिपक्षी दलले अवरोध गर्दै आएको र सभामुख अग्निप्रसाद सापकोटाले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट थिए ।

सरकारले पेश गरेका एमसीसीलगायतका विद्येयक सभामुखले अघि नवढाए पछि प्रधानमन्त्री ओलीले सर्वदलिय बैठक बोलाएर आक्रोस पोखेका थिए ।

प्रतिक्रिया