मंगलबार, वैशाख २५, २०८१

थ्री नेसन्स कप : नेपाल र मलेसिया भिड्दै

नेपालखोज २०७८ वैशाख ६ गते १०:३६

काठमाडौं । थ्री नेसन्स कप क्रिकेट सिरिजअन्तर्गत आयोजक नेपालले आज आफ्नो दोस्रो खेल मलेसियासँग प्रतिस्पर्धा गर्दै छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेदरल्यान्ड्समाथि ९ विकेटको जित निकालेको नेपाल प्रतियोगितामै कमजोर मानिएको मलेसियाविरुद्ध उत्रन लागेको हो । आजको खेल जिते नेपाललाई उपाधि यात्रा सहज हुनेछ।

मलेसिया भने पहिलो जितको खोजीमा छ । नेदरल्यान्डस्‌सँग मलेसिया आइतबार भएको खेलमा १५ रनले पराजित भएको थियो ।

प्रतियोगितमा नेपालले एक खेलबाट २ अंक बनाएको छ । पहिलो खेलमा नेपालसँगै पराजित नेदरल्यान्ड्सको पनि २ अंक छ । नेदरल्यान्ड्ले आफ्ना दुई खेल खेलिसकेको छ । अहिलेसम्म नेपाल रनरेटका आधारमा शीर्षस्थानमा छ । अंक तालिकामा मलेसियाले खाता खेल्न सकेको छैन ।

नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
विनोद भण्डारी
सोमपाल कामी
करण केसी
सन्दीप लामिछाने
अविनाश बोहोरा
आरिफ सेख
आशिफ सेख
कुशल भुर्तेल
कुशल मल्ल
कमलसिंह ऐरी
सुशन भारी
शाहब आलम र सन्दीप जोरा ।
-फाइल तस्बिर

प्रतिक्रिया