सोमबार, वैशाख २४, २०८१

रुरु हाईड्रोको शेयर रजिष्टारमा एनआईबिएल एस क्यापिटल

नेपालखोज २०७८ वैशाख ६ गते १३:५९


काठमाडौं । रुरु हाईड्रोको शेयर रजिष्टारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । हालैमात्र साधारण शेयर निष्काशन सम्पन्न गरेको रु रु जलविद्युत परियोजनाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

यही बैसाख पाँच गते आइतबार रुरु जलविद्युत् परियोजना लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडबिच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागु भएको कम्पनीले जानकारी दिएको छ ।


सम्झौतामा रुरु जलविद्युत् परियोजनाको तर्फबाट कम्पनिका अध्यक्ष आशिष सुवेदी तथा एनआईबिएल एस क्यापिटलकातर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत, मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रम एक समारोहकाबिच रुरु जलविद्युत् परियोजनाको केन्द्रीय कार्यालय हत्तिसार काठमाण्डौंमा सम्पन्न भएको हो ।


रुरु जलविद्युत परियोजना लिमिटेड, कम्पनी ऐन, २०६३ अन्र्तगत दर्ता भएको कम्पनी हो । यो परियोजनाले मार्च २०१५ बाट विद्युत उत्पादन गर्दै आइरहेको छ । रुरु जलविद्युत परियोजना लिमिटेड सहित एनआईबिएल एस क्यापिटल लिमिटेड शेयर रजिष्ट्रार रहेको कम्पनीहरुको सङ्ख्या ४७ पुगेको छ ।

प्रतिक्रिया