सोमबार, वैशाख २४, २०८१

म्यारियट होटलकाे दोस्रो वार्षिकोत्सव सम्पन्न

नेपालखोज २०७८ वैशाख ७ गते ८:४३


काठमाडौं । १८ अप्रिलमा अन्तर्राष्ट्रिय होटल काठमाडौँ म्यारियट होटलले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ जसले नेपालका स्थानीय र अन्तर्राष्ट्रिय यात्रुहरुलाई उत्तम आतिथ्य प्रदान गर्दै आइरहेको छ । जेनरल म्यानेजर फाबियन मार्टिनेजले भने, “उत्तम सेवा प्रदान गर्ने क्रममा हामी निरन्तर रुपान्तरण र नवीनता ल्याइरहेका छौं ।


यो लक्ष्य हासिल गर्नको लागि यात्रा चुनौतीपूर्ण भएको छ, यद्यपि हामी हाम्रा सहयोगीहरु र सरोकारवालाहरुको कडा परिश्रम र समपर्णको कारण यहाँ छौं । हामी हाम्रा दुवै अतिथिहरु र सहयोगीहरुको लागि सुरक्षित वातावरणको आवश्यकता बुज्दछौँ । त्यसकारण हाम्रा सहयोगीहरु सुरक्षा र स्वच्छता प्रोटोकलमा राम्रोसँग प्रशिक्षित छन् । सरसफाइका मापदण्ड प्रति ँ म्यारियटको प्रतिबद्धता विज्ञहरुको प्रोटोकलसँग मेल खान्छ, जसले गर्दा हामीले आफ्ना समाधानहरुको अनुगमन र विकास गरी हाम्रा सबै अतिथि र सहयोगीहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न निरन्तर रुपमा सफल हुदैँ आएका छौं । काठमाडौँ म्यारियट होटल यस्तो होटेल हो जुन महामारीको बेला पनि अतिथिहरुलाई सुरक्षित वातावरणले सेवा प्रदान गर्दै आइरहेको थियो ।


दुई वर्षको दौडमा होटेलले काठमाडौंका फुड प्रेमीहरुलाई विभिन्न अफरहरु र फुड उत्सवहरुको साथ नयाँ व्यंजनहरु प्रस्तुत गर्दे आइरहेको छ । पछिल्लो उत्सव भनेको लेबनानी फूड फेस्टिबल हो। होटेलले हालै एक मेडिटरियन रेस्टुरेन्ट, ताहिना टेरेस खोलेको छ। यसको बाहिरी सेटिंग र सिग्नेचर ककटेलको साथ ताहिना टेरेस घुमफिर गर्नको लागि एक राम्रो ठाउँ बनेको छ। थप रुपमा होटलले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न समुदायका लागि थुप्रै कार्यक्रमहरु जस्तै वाक फर वाम्र्थ, थ्याँक्सगिभिंग डिनरमार्फत कोष जम्मा गर्ने र खाना प्रदान गर्ने जस्ता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।


यो माइलस्टोन मनाउनका लागि काठमाडौं मैरियट होटेलले अप्रिल २०२१ को अन्त्य सम्म मात्र नेपाली रु १२०११ विशेष वार्षिकोत्सव समारोह प्याकेजको अफर गरेको छ । प्याकेजको बारेमा अझ बढी जान्नका लागि म्यारियट काठमाडौ डटकममा भिजिट गर्न होटलले आग्रह गरेको छ ।

प्रतिक्रिया