सोमबार, जेठ ७, २०८१

त्रिदेशीय क्रिकेट : नेदरल्याण्ड्ससँग नेपाल ३ विकेटले पराजित

नेपालखोज २०७८ वैशाख ७ गते १७:००

काठममाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत चौथो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले दिएको दुई सय सात रनको लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर तीन बलमा सात विकेट गुमाएर पूरा गरेको हो ।नेदरल्याण्ड्सका लागि बास दि लिदेले अविजित ८१ रन बनाए ।

त्यस्तै बेन कुपरले ५५ र पेटर सेलारले ३१ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए । आजको खेलमा सन्दीपले चार ओभरमा ४८ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै कुशल मल्ल, करण केसी र अविनाश बोहराले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ६२, दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए ।

प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतक हो । त्यस्तै ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रनको योगदान गरे । त्यस्तै सोमपाल कामीले अविजित २१ रन बनाए । नेदरल्याण्ड्सका लागि भिभियान किङ्गमा र पेटर सेलारले दुई/दुई विकेट लिए ।

प्रतिक्रिया