सोमबार, वैशाख ३१, २०८१

दिल्लीले मुम्बईलाई ६ विकेटले हरायो, आज दुई खेल हुने

नेपालखोज २०७८ वैशाख ८ गते ९:००

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले हराएको छ ।

यो जितसँगै दिल्ली ६ अंकसहित तालिकाको दोस्रो स्थानमा मात्र पुगेन, अघिल्लो वर्षको फाइनलमा मुम्बईसँग हारेको बदलासमेत लियो ।

चेन्नाईको मैदानमा मंगलबार राति भएको खेलमा दिल्लीले १३८ रनको लक्ष्य १९.१ ओभरमा ४ विकेट गुमाएर भेटायो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो ।

आईपीएल अन्तर्गत आज दुई खेलहरु हुँदैछ । चेन्नईमा हुने पहिलो खेलमा पन्जाब किङ्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । पन्जाब र हैदरावादबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

अर्को खेलमा कोलकत्ता नाइट राईडर्स र चेन्नई सुपर किङ्स भिड्ने छ । कोलकत्ता र चेन्नईबीचको खेल नेपाली समय अनुसार राती ७ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया