शुक्रबार, चैत १६, २०८०

उत्तराखण्ड र नेपाली महिला क्रिकेट टिमले खेल्ने भनिएको सिरिज स्थगित

नेपालखोज २०७८ वैशाख ८ गते १३:४१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट महिला टिम र भारतको उत्तराखण्ड महिला क्रिकेट टिमबीच तय भएको सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार सिरिज स्थगित भएको जनाएको छ ।

कोरोना भाईरसको कारण भारतीय टिम नेपाल आउन नसक्ने भएपछि सिरिज स्थगित गरिएको क्यानले जनाएको छ । कोरोनाको कारण उत्तराखण्ड टिमले नेपाल भ्रमणको अनुमति नपाएको कारण सिरिज स्थगित गरिएको क्यानले जनाएको छ ।

नेपालले यहिँ अप्रिलको तेस्रो साताबाट नेपाली महिला टोलीले उत्तराखण्ड महिला क्रिकेट टिमसँग सिरिज खेल्ने तालिका रहेको थियो । नेपालले भारतीय स्टेट टिमसँग टी–ट्वान्टी र एकदिवसीय मैत्रीपूर्ण सिरिज खेल्ने तालिका थियो ।

प्रतिक्रिया