शुक्रबार, वैशाख १४, २०८१

सभामुख सापकोटाविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

नेपालखोज २०७८ वैशाख ८ गते १४:५८

काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा रहेको मुद्धामाथि आज सुनुवाइ नहुने भएको छ ।

सभामुखविरुद्धको मुद्दा आजको संवैधानिक इजलाशको पेशीमा चढेको भएपनि हेर्न नभ्याइनेमा राखिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलाशमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा २०६८ सालमा मुद्दा परेको थियो । अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए ।

प्रतिक्रिया