शुक्रबार, वैशाख ७, २०८१

नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिँदै

नेपालखोज २०७८ वैशाख ९ गते ७:००

काठमाडौं । नेपाली आकाशमा आज (बिहीबार) राति उल्का बर्षाको रमाइलो दृश्य देखिँदैछ ।

नेपाल एष्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले बुधबार विज्ञप्ति जारी गर्दै मौसमले साथ दिएको खण्डमा वीणा उल्कबर्षा अर्थात लाइरिड मिटियोर सावर देख्न सकिने जानकारी दिएका हुन् ।

उनकाअनुुसार उल्का वर्षा आज राति ११ बजेदेखि सुर्योदय सम्मको समयमा हेर्न÷देख्न सकिनेछ । यो अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिन्छ ।

थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भाई जलेर नस्ट हुदा यो उल्का बर्षा देखिने गर्दछ । थ्याचर पुछ्रेताराले सुर्यको एक परिक्रमा लगाउन ४ सय १५ वर्ष लगाउँदछ । पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरु छोड्ने गर्छन् । जुन लाखौ किलोमीटर सम्म फैलिन सक्छन् ।

यसरी फैलिएका धूलाका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन तब उल्का दखिने भट्टराईले बताए । यदि यस्तो दृश्यमा १० वा सो भन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ ।

प्रतिक्रिया