बिहीबार, वैशाख १३, २०८१

रनवेमा मिक्सडिया फेसन शो (फोटो फिचर)

नेपालखोज २०७८ वैशाख ९ गते ११:१६

काठमाडौं । फेसन मोडलिङ क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहनेहरुका लागि प्लेटफर्म प्रदान गर्ने हेतुले हालै मिक्सडिया फेसन शो नामक फेसन कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ९ जना युवा र ६ जना युवतीले आफूलाई मोडलका रुपमा प्रस्तुत गरेका थिए । उक्त फेसन शोमा चार वटा सिक्वेन्स मार्फत् विभिन्न पहिरनहरु प्रदर्शन गरिएका थिए ।

जस अन्तर्गत फेसन डिजाइनरहरु विप्लब राज नाग नहर, गीता अधिकारी र निशा बलामीको समूहले विभिन्न डिजाइन र शैलीका पार्टी वेयर कलेक्सन प्रस्तुत गरेका थिए भने त्रीदेवी फेसन हाउसका डिजाइनर संगी आचार्यको कलेक्समा पुरुष मोडलहरुमा केन्दि«त थियो । जस अन्तर्गत पुरुष व्यक्तित्वलाई सुहाउँदो कुर्तीहरु प्रस्तुत गरिएका थिए ।

उल्लेखीत चारैजना डिजाइनहरु आईआईएफटी नामक फेसन डिजाइनिङ इन्स्टिच्युटबाट फेसन डिजाइनिङको पढाई पूरा गरेकाहरु हुन् । उक्त फेसन कार्यक्रममा भूमीज् कलेक्सन एण्ड बुटीकका डिजाइनर ममता गुप्ता कलेक्सनमा गाउन, ब्राइडल साडी, ब्राइडल लेहेंगा समावेश थिए ।

सो फेसन कार्यक्रमलाई मिक्सडिया प्रा.लि.ले आयोजना गरेको थियो भने कार्यक्रम ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ द्धन्द निर्देशक राजेन्द« खड्गी प्रमुख अतिथिका रुपमा उपस्थित थिए भने नृत्य तथा चलचित्र निर्देशक गोविन्द राईको विशेष आतिथ्य रहेको थियो । उक्त फेसन शोमा अभिनेत्री, मोडल एवं फेसन डिजाइनर रोमी खड्गी शो स्टपरका रुपमा प्रस्तुति भएकी थिइन् ।

प्रतिक्रिया