सोमबार, वैशाख २४, २०८१

सिभिल बैंकको नाफा बढ्यो

नेपालखोज २०७८ वैशाख ९ गते १२:३१

काठमाडौ । सिभिल बैंकको खुद मुनाफामा उल्लेख्यरुपमा बृद्धि भएको छ । बैंकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ५० करोड २५ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३६ करोड पाँच लाख ३३ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुंजी आठ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ रहेको बैंकले चालुु आवको तेस्रो त्रैमासिक अवधिमा ८५ अर्ब २५ करोड ४० लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ३६ करोड ४३ लाख ४० हजार रुपैैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब ५४ करोड तीन लाख ८६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको एक दसमलव १३ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दसमलव ३८ प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने ३० करोड ७७ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने ५७ अर्ब ५१ करोड २४ लाख सात हजार रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब २० करोड ४२ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ७० करोड ८९ लाख ८० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुुई दसमलव ९६ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव शुन्य नौ प्रतिसत रहेको थियो ।

प्रतिक्रिया