सोमबार, वैशाख २४, २०८१

ग्लोबल आइएमई र स्पर्स लघुवित्तको एकीकृत कारोबार शुभारम्भ

नेपालखोज २०७८ वैशाख ९ गते १२:४२


काठमाडौ । लमजुङ केन्द्रीय कार्यालय भई राष्ट्रियस्तर कार्यक्षेत्र भएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरा –२६, कास्की केन्द्रीय कार्यालय भएको स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति पश्चात् ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा –२६, कास्कीमा बुधबारबाट एकीकृत वित्तीय कारोबार शुभारम्भ गरेको छ ।

एकीकृत कारोबार पश्चात् वित्तीय संस्थाको कुल चुक्ता पूँजी ४३ करोड १७ लाख २० हजार ४ सय ११, कुल कर्जा लगानी ६ अर्ब १४ करोड ६३ लाख १० हजार, निक्षेप÷बचत २ अर्ब ३ करोड ६९ लाख ४९ हजार ६ सय २० रहेको छ भने देशका विभिन्न ५१ जिल्लाका ९९ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान भईरहेका छन् ।

साथै, वित्तीय संस्थाको कुल ग्राहक सदस्यहरु १ लाख,२३ हजार,४ सय १३ जना रहेका छन भने ६३ हजार २ सय ९० जना ऋणी सदस्यहरुले विभिन्न शीर्षक अन्तर्गत कर्जा सुविधा उपभोग गरिरहेका छन् ।

प्रतिक्रिया