आइतबार, वैशाख ३०, २०८१

टी-ट्वान्टी क्रिकेटमा नेपालकाे अहिलेसम्मकै दोस्रो ठूलो स्कोर

नेपालखोज २०७८ वैशाख ९ गते १६:०७

काठमाण्डौ । त्रिदेशीय टी-ट्वान्टी क्रिकेट श्रृङ्खला अन्तर्गत मलेसियासँगको खेलमा नेपालले आफ्नो अन्तर्राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताकै दोस्रो ठूलो स्कोर बनाएको छ ।

मलेसियासँगको खेलमा नेपालले सात विकेट गुमाएर दुई सय १७ रन बनानाएको छ । जुन स्कोर नेपालले बनाएको सर्वाधिक दोस्रो ठूलो स्कोर हो ।

नेपालले सबैभन्दा धेरै रन भुटानसँगको खेलमा बनाएको थियो । सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा कीर्तिपुर मैदानमै भुटानसँगको खेलमा नेपालले तीन विकेट गुमाएर दुई सय ३६ रन बनाएको थियो । त्यो स्कोर नै नेपालले अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटमा बनाएको सर्वाधिक ठूलो स्कोर हो ।

सर्वाधिक धेरै रन बनाउने क्रममा नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा एक सय सात रन बनाएका थिए । मल्लले ९ छक्का र ५ चौका प्रहार गरेका थिए ।

बिहीवार दोस्रो ठूलो स्कोर बनाउने क्रममा नेपालले मलेसियासँगको खेलमा दुई सय १७ रन बनायो ।नेपालका करण केसीले विष्फोटक ब्याटिङ गरे । करणले १३ बलमा ७ छक्कासहित ४५ रन बनाए।

प्रतिक्रिया