शनिबार, वैशाख १५, २०८१

नेपालले दियाे नेदरल्यान्डसलाई विशाल लक्ष्यकाे चुनाैती

नेपालखोज २०७८ वैशाख ११ गते १६:०२

काठमाडाैं । जारी त्रिदेशीय टि ट्वान्टी क्रिकेटमा नेपालले नेदरल्यान्डसलाई विशाल लक्ष्य दिएकाे छ ।

नेदरल्यान्डसलाई नेपालले २३९ रनको लक्ष्य पूरा गर्नुपर्ने चुनाैती दिएकाे छ ।

कुशल भुर्तेलले ७७ रन बनाउँदै नेपाललाई लगातार तेस्रो खेलमा २ सय रनभन्दा माथिको स्कोरमा उभ्याउन सफल भएका छन् ।

प्रतियोगिताको ५ खेलमा चौथो अर्धशतक बनाउँदै भुर्तेलले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाएका हुन् ।

५३ बलको इनिङ्समा उनले ८ चौका र ३ छक्का प्रहार गरेका थिए । उनका ओपनिङ जोडी आसिफ शेख भने २ छक्का प्रहार गर्दै १६ रनमा आउट भए ।

कप्तान ज्ञानेन्द्र मल्ल १९ बलमा ३३ रन बनाउन सफल भए। ३ चौका र २ छक्का प्रहार उनले गरे ।

यसैगरी खेलमा कुशल मल्लले २४ बलमा ५० र दीपेन्द्रसिंह ऐरी १८ बलमा ४८ रन बनाई अविजित रहे । कुशल मल्लले २ चौका र ५ छक्का तथा दीपेन्द्रले ५ चौका र ३ छक्का प्रहार गरेका छन्।

प्रतिक्रिया