आइतबार, वैशाख १६, २०८१

नेपाल सुपर लिग : काठमाडौं रेजर्सको विजयी सुरुवात

नेपालखोज २०७८ वैशाख ११ गते २०:२९

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सले विजयी सुरुवात गरेको छ । आजदेखि सुरु भएको लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटीलाई १–० गोलले हराएको हो ।

काठमाडौं रेजर्सका मेस्सुके ओलोउमोउले खेलको ६६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । कोरोना महामारीको कारण खेल हेर्न दर्शकलाई रङ्गशालामा प्रवेश दिइएको छैन ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले प्राविधिक सहयोग गरेको सुपर लिगमा ७ टिम सहभागी छन् । काठमाडौं रेजर्स, ललितपुर सिटीसहित प्रतियोगितामा धनगढी एफसी, विराटनगर सिटी एफसी, बुटबल लुम्बिनी एफसी, चितवन एफसी र पोखरा थन्डर्स रहेका छन् ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता जेठ १ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउने छन् । उपविजेताले १५ लाख रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया