आइतबार, वैशाख १६, २०८१

नेपाल सुपर लिग : धनगढीलाई ३-० ले हराउँदै विराटनगरको विजयी सुरुवात

नेपालखोज २०७८ वैशाख १२ गते १८:४८

काठमाडौं । नेपाल सुपर लिग फुटबलमा विराटनगर सिटीले धनगढी एफसीलाई हराएको छ । दशरथ रङ्गशालामा आइतवार भएको पहिलो खेलमा विराटनगरले धनगढीलाई ३–० ले हराउँदै विजयी सुरुवात गरेको छ ।

विराटनगरका विक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एकरएक गोल गरे । विराटनगरले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको हो । धनगढीलाई हराउँदै विराटनगरले तीन अङ्क जोडेको छ ।

प्रतिक्रिया