आइतबार, वैशाख १६, २०८१

सुपर लिग : आज धनगढी एफसी र काठमाडौं रेजर्स भिड्दै

नेपालखोज २०७८ वैशाख १४ गते ९:४६

काठमाडौं । नेपाल सुपर लिग फुटबल अन्तर्गत आज धनगढी एफसी र काठमाण्डौ रेजर्स खेल्दैछन् । खेल दिउँसो तीन बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

धनगढीले पहिलो खेल हारेको थियो भने काठमाण्डौले पहिलो खेलमा ललितपुरलाई हराउँदै तीन अङ्क बटुल्न सफल भएको थियो ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ हात पार्नेछ भने दोस्रो हुनेले १५ लाख रुपैयाँ हात पार्नेछ । यस्तै ६ जना उत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पाउनेछन् भने म्यान अफ दि म्याच र उदयमान खेलाडीले क्रमश २५ र १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया