बिहीबार, वैशाख २०, २०८१

कृषि विकास बैंकको तेस्रो त्रैमासिक नाफा दुई अर्ब सात करोड

नेपालखोज २०७८ वैशाख १४ गते १४:४१


काठमाडौ । कृषि बिकास बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब सात करोड ३० लाख ६१ हजार एक सय ७० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

उक्त अवधिमा एक अर्ब ४७ करोड नौ लाख ५६ हजार नौ सय ४१ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा तीन दसमलव ६५ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव ४२ प्रतिसत रहेको थियो ।

गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब चार करोड ४६ लाख ३५ हजार एक सय ९४ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुंजी १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार आठ सय दुई रुपैयाँ रहेको बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ४५ अर्ब ३६ करोड नौ लाख १३ हजार चार सय छ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४५ अर्ब ९४ करोड नौ लाख ७८ हजार दुई सय ८७ रुपैयााँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक अर्ब १६ करोड ५६ लाख ३७ हजार एक सय २९ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दसमलव आठ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।

सो अवधिमा चार दसमलव ३३ प्रतिसत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ४३ करोड १९ लाख २६ हजार पाँच सय ५३ रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४३ अर्ब ६२ करोड ८५ लाख ५५ हजार रुपैयाँ निक्षेप संंकलन गरी एक खर्ब २१ अर्ब ८४ करोड ९३ लाख ९४ हजार दुई सय ६९ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया