बिहीबार, वैशाख २०, २०८१

नेपाल इन्भेष्टमेन्ट बैंक र डिजिटल वालेटबीच सम्झौता

नेपालखोज २०७८ वैशाख १४ गते १४:५३

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र डिजिटल वालेटबिच सम्झौता भएको छ । जापानमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लि.र डिजिटल वालेटबिच विप्रेषण कारोबार गर्र्नेे सम्झौता भएको हो ।

सम्झौता पछि जापानमा रहेका नेपालीहरुले डिजिटल वालेटको स्माईल मोवाईल रेमिटेन्स एप प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् ।

यो मोवाइल एप गुुगल प्ले स्टोर, एप स्टोरबाट डाउनलोड गरी आफ्नो मोवाईलमा इन्स्टल गर्न सकिन्छ । स्माईल मोवाईल रेमिटेन्स मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुनेछ ।

स्माईल मोवाईल मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ ।

कोभिड १९ को संक्रमणको जोखिमवाट सुरक्षित रहेर नेपालमा रकम पठाउन स्माईल मोवाईल एप प्रयोग गर्न ग्राहकहरुलाई अनुरोध गर्दे बैंकले यो माध्यम छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न उपयुक्त रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया