आइतबार, वैशाख १६, २०८१

नेपाल सुपर लिग : पोखरासँग विराटनगर १-० ले पराजित

नेपालखोज २०७८ वैशाख १५ गते २०:१६

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले विराटनगर सिटी एफसीलाई एक–शून्यले हराएको छ । दशरथ रङ्गशालामा बुधवार (आज) भएको दोस्रो खेलमा पोखराको जितमा आर्मीका फरवार्ड नवयुगको श्रेष्ठको गोल निर्णायक बन्यो ।

खेलको ८३ औँ मिनेटमा नवयुगले गरेको ुहेडरु गोल नै पोखराका लागि निर्णायक गोल बनेको हो । खेल सकिन सात मिनेट बाँकी छँदा मौसा अब्बाको फ्री–किकलाई नवयुगले ुहेडरु मार्फत गोलमा परिणत गरेका हुन् ।

सङ्घर्षपूर्ण जित निकालेको पोखराले तालिकामा तीन अङ्क जोडेको छ । यस्तै विराटनगर सिटीको पनि तीन अङ्क नै रहेको छ । प्रतियोगितामा बिहीवार (भोलि) एक खेल हुनेछ । ललितपुर सिटी एफसी र धनगढी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि आज नै भएको पहिलो खेलमा चितवन एफसी र बुटवल लुम्बिनी एफसीले दुई–दुई गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया