बिहीबार, चैत १५, २०८०

समता शैक्षिक गुठीलाई सनराइज बैंककाे सहयाेग

नेपालखोज २०७८ वैशाख १६ गते ११:३७

काठमाडौं । सनराइज बैंकले ७७ वटा जिल्लामा ८० वटा विद्यालय संचालन गरी ७,००० भन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क १०० मा गुणस्तरीय शिक्षा दिदै आएको समता शैक्षिक गुठीलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस गुठी अन्तर्गतका ६ वटा प्रदेश स्थित ६ वटा विद्यालयलाई ५०,००० रुपैयाँका दरले हुने गरी कुल ३,००,००० रुपैयाँ सहयोग गरेको हो । गुठीले उक्त रकम तेकिएको विद्यालयको संचालनको लागी खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्षामा यसले सहयोग पु¥याउने जनाएको छ ।
बुधबार एक कार्यक्रमका बिच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले समता शैक्षिक गुठीका निर्देशक श्री दिपक संजेललाई ३,००,००० लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।
सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, महिला तथा विपन्न वर्ग लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९ को कठिन घडिमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै जाने जनाएको छ ।

प्रतिक्रिया