शुक्रबार, वैशाख ७, २०८१

एसएसली उत्तीर्णलाई शिखर इन्स्योरेन्सको अभिकर्ता बन्ने अवसर

नेपालखोज २०७८ वैशाख १६ गते ११:४१


काठमाडौं । निर्जीवन बीमा क्षेत्रकै अग्रणी शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडले नयाँ अभिकर्ता बन्ने अवसर खुलाएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै यही बैसाख २२ गतेदेखि २५ गतेसम्म ४ दिने अभिकर्ता तालिम संचालन हुने र त्यसका लागि आवेदन दिन भनेको छ ।


उक्त तालिमका लागि एसएलसी उत्तीर्ण नेपाली नागरिकले आवेदन दिनसक्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।
शिखर इन्स्योरेन्सले हरेक वर्ष सर्वसाधारणका लागि यस्ता अवसरहरु प्रदान गर्दै आइरहेकोे छ।


यसपटकका लागि खुलाइएको अभिकर्ताका लागि आवेदन दिने अन्तिम मिति बैसाख १७ गते साँझ ५ बजेसम्म रहेको छ । अभिकर्ता बन्न चाहानेले [email protected] मार्फत अनलाइन आवेदन समेत दिनसक्ने कम्पनीले व्यवस्था मिलाएको छ ।


कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो जटिल अवस्थामा पनि अवसर प्रदान गर्ने हेतुले कम्पनीले प्रविधिको पहुँच भएका र अभिकर्ता बन्ने इच्छा हुनेहरुका लागि जुममार्फत अभिकर्ता तालिम दिन लागेको हो ।

यस्तो तालिम हरेक बिहान ७ बजेदेखि १० बजे र दिउँसो ११ बजेदेखि २ बजे गरी दुई सिफ्टमा संचालन गरिनेछ । यससम्बन्धी विस्तृत जानकारी कम्पनीको अफिसियल वेबसाइट www.shikharinsurance.com बाट पनि लिन सकिन्छ ।

प्रतिक्रिया