बुधबार, वैशाख १२, २०८१

एनआईबिएल समृद्धिको दोस्रो फन्ड निष्कासन अवधि नसकिँदै बिक्री

नेपालखोज २०७८ वैशाख १६ गते १२:३५


काठमाडौं । एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड दोस्रो को इकाईहरु तेस्रो दिनमा नै बिक्री भईसकेको कम्पनीले जनाएको छ ।

क्यापिटलका अनुसार तेस्रो दिनसम्म कुल ५६ हजार एक सय दुुई आवेदकहरुबाट एक सय १२ दसमलव ३० प्रतिशत इकाइका लागि आवेदन परेको छ ।

क्यापिटलले बैशाख १३ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब दुई करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो ।

फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम एक सय देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

इकाई खरीदका लागि आवेदन दिने बैशाख १६ गते आज अन्तिम दिन रहेको कम्पनीले जानाएको छ ।

प्रतिक्रिया