शुक्रबार, जेठ ४, २०८१

आईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

नेपालखोज २०७८ वैशाख १६ गते १५:११

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज दुई खेलहरु हुँदैछ । दिल्लीमा हुने पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बई र राजस्थानबीचको खेल अपरान्ह ३स्४५ बजे सुरु हुनेछ ।

आज मुम्बई तेस्रो जित निकाल्ने योजनासहित मैदान उत्रने छ । मुम्बई पाँच खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । राजस्थान पनि तेस्रो जित निकाल्ने योजनामा हुनेछ । राजस्थान ५ खेलमा ४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

दुई टिमबीचको पछिल्लो पाँच खेलमा राजस्थानले ४ खेल जितेको छ । मुम्बईले एक खेल मात्र जितेको छ । अहमदाबादमा हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकत्ता नाइटराईडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

दिल्ली र कोलकत्ताबीचको खेल साँझ ७स्४५ बजे सुरु हुनेछ । दिल्ली पाँचौ जित निकाल्ने योजनामा हुनेछ । दिल्लीले ६ खेलमा ८ अंक जोडेको छ ।

प्रतिक्रिया